शुक्रबार, चैत्र १६, २०८०

१७ वर्षीय किशोरी भागरथी हत्या प्रकरणको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न माग

कठमाडौं माघ २४ ,
निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा अर्की विद्यालयबाट घर फर्किंदै गरेकी १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार पछि पाशविक हत्या भएको छ ।

नेकपा प्रचण्ड –नेपाल समूहले किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गर्दै शनिवार जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ ।

गत माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भट्टको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ ।