बुधबार, बैशाख १२, २०८१

मानव साङ्लो सहित प्रम ओलीको असंबैधानिक कदम विरुद्ध काँग्रेसको प्रदर्शन

काठमाडौं माघ २४,
प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंबैधानिक र अलोकतान्त्रिक रुपमा संसद विघटन गरेको भन्दै कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्र्तगत आज ७७ वटै जिल्लाहरुमा शुभेच्छुक संस्थाहरुको सहभागितामा मौन प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा काँग्रेसलेमानव साङ्लो बनाई टुँडिखेल घेराउ गरेको छ । सरकारको असंवैधानिक कदमका विरुद्ध आफूहरुको आन्दोलन जारी रहने कांग्रेसले जनाएको छ । यसअघि काँग्रेसले दोस्रो चरणमा पुस १३ र २५ गते गते १ सय ६५ संघीय र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरिसकेको छ ।

यसैवीच प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन समूहले शनिबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।