मङ्लबार, बैशाख ११, २०८१

उपत्यकाका ६६ सहित देशभर थप ९९ जनामा कोभिड संक्रमण

काठमाडौ माघ २४,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ७ सय ९४ जनाको पीसीआर गर्दा काठमाडौ उपत्यकाका ६६ सहित देशभर थप ९९ जनामा कोभिड संक्रमण देखिएको छ ।

आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ भने यसवीचमा देशभरबाट थप २ सय ४८ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो डेटा अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ५९ रहेको र यसमध्ये आइसीयूमा ६१ र भेन्टीलेटरमा १४ जना उपचार भइरहेको जानकारी दिदै गएको २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु नभएको जनाउदै संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३५ रहेको जनाएकोछ ।