शुक्रबार, चैत्र १६, २०८०

कसैले नरभक्षी आन्दोलन चलाउँछु भनेर नसोचे हुन्छ : प्रम ओली

काठमाडौ माघ २३,
सत्तारुढ केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज राजधानीमा बृहत् आमसभाको आयोजा गरेको छ । अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ आयोजित उक्त आमसभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट नेता, कार्यकर्ता र पार्टी समर्थकको सहभागिता रहेको थियो । आमसभा पूर्व राजधानीको विभिन्न स्थानबाट निस्केको जुदुसले नगर परिक्रमा गर्दै सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको थियो ।

आमसभालाइ सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अस्थिरतामा लग्ने कि स्थायित्व तर्फ लग्ने त्यसको फैसलाका लागि आफुले संसद विघटन गर्दै नयाँ जनादेशमा जाने निर्णय सरकारले गरेको बताउनुभएको छ ।
आमसभामा उपस्थिति आजको यो जनमासले आमभा कसते हन्छ त्यसको गतिलो जवाफ दिएको भन्दै आजको भेला काष्टिङमात्र भएको बताउदै फागुन १ गते बुटवलमा अर्को ठूलो कास्टिङ ८ गते विराटनगरमा पनि त्यस्तै अर्को काष्टिङ हुने समेत बताउनुभयो ।

“हामी कसैलाई धम्की दिंदैनौं, आग्रह गर्छौ, अनुरोध गर्छौ” प्रधानमन्त्री ओलीले थप्नुभयो,“सर्वोच्च अदालत, निर्वाचन अयोगलाई उहाँहरुले धम्की दिनुभयो, यी संस्थाले स्वतन्त्रतापूर्वक विवेकसम्मत ढङ्गले निर्णय गर्न पाउनेछन् ।” देश चुनावतर्फ अब गयो गयो भन्दै उहाँले अव सबै चिज चुनावले फैसला गर्ने बताउनुभयो ।

साथै उहाँले आमसभा बिथोल्न हिजो तथाकथित नेपाल बन्द गरिएपनि त्यो असफल भएको भदै उहाँले देश अब अशान्तिको भुमरीमा जान नसक्ने र यहाँ कसैले नरभक्षी आन्दोलन चलाउँछु भनेर नसोचे हुन्छ भन्नुभयो । समृद्ध नेपाल र सुखी नेपाली बनाउने मुल लक्ष्यसाथ सरकारले काम गरिरहेकाले केही तत्वहरु त्यही हुन नदिन विभिन्न बहानामा अवरोधको प्रयास गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाई छाड्ने लक्ष्य मैले लिएको छुँ, तर विभिन्न बहानामा त्यसलाई भड्काउने प्रयास भइरहेकै छ, त्यसलाई सफल बनाउन आफु पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो ।

त्यस्तै आमसभालाइ सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताउँदै ताजा जनादेशबाट मात्रै मुलुकमा विद्यमान राजनैतिक अस्थिरात अन्त्यसंगै राजनैतिक स्थायित्व कायम बन्ने बताउनुभयो । त्यस्तै उहाँले प्रधानमन्त्री ओलीको ‘संविधानको रक्षा गर्दै अराजकताको अन्त्य गर्ने उद्देश्यमा अघि बढिरहँदा त्यसलाई असफल गर्ने काम भएकाले’ सोकोविरुद्ध प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको समेत बताउनुभयो ।

नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादलले पार्टीको अध्यक्षलाई, प्रधानमन्त्रीलाई केही तत्वले अपदस्थ गर्न खोज्दा आजको यो परिस्थिति सिर्जना भएको बताउँदै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आफूहरुको अभियान रहेको बताउनुभयो । त्यस्तै उहाँले मांसाहारी आन्दोलन गर्ने गर्नेहरु कानुनतः दण्डित हुने बताउँदै त्यस्ता अपराधीहरुलाई जाउलाखेलको चिडियाखानामा लगेरु बन्द गरिने चेतावनी दिनुभयो ।