शनिबार, बैशाख ८, २०८१

संवैधानिक आयोगमा नियुक्तिको कारण देखाउन सरकारका नाममा सर्वोच्चको आदेश

काठमाडौं माघ २३,
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषदलाई विपक्षी बनाउदै सर्वोच्चमा दायर रिटको सुनवाइ गर्दै आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा गरेको नियुक्तिका विषयमा सरकारसँग १५ दिनभित्र कारण माग गरेको हो ।

त्यस्तै दायर रिटमा सरकारले संविधान विपरीत संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको भन्दै उनले उक्त अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप का कामकारवाही गरेको उल्लेख गरिएकोछ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नै संविधान विपरीत रहेको, परिषदका ६ मध्ये तीन जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाई बिनै ती आयोगहरूमा नियुक्तिको परिकल्पना संविधानले नगरेको रिट निवेदक त्रिपाठीको जनाउ रहेको छ ।

त्यस्तै संवैधानिक परिषदमा गरेका नियुक्तिविरुद्ध शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले पनि राज्य संयन्त्रका नेतृत्वबाट संविधानमाथि श्रृखलावद्ध प्रहार भएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।