शनिबार, बैशाख ८, २०८१

नेकपा प्रचण्ड–नेपाल समूहको देशव्यापी आमहड्तालको कारण जनजीवन प्रभावित

प्रहरी र प्रदर्शनकारीवीच विभिन्न स्थानमा जम्काभेट

अनुप प्रधान / काठमाडौं माघ २२ ,
नेकपा प्रचण्ड–नेपाल समूहले सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै यसको विरोध गर्दै नेकपा केपी ओली नेतृत्वको सरकारको प्रतिगमन कदम सहित बढ्दो चरम अराजकता विरुद्ध आज आव्हान गरेको देशव्यापी आमहड्तालको कारण जनजीवन प्रभावित बनेको छ। स्कूल, बजार कलकारखाना संगै  छिटफुट रुपमा मोटरसाइकल र निजी सवारी साधनवाहेक   सार्वजनीक सवारी प्राय ठप्प रहेका थियो ।    त्यस्तै खाद्यान्न लगायतका बजार आंशिक खुले । बन्द आह्वानकर्ताहरुले बिहानै देखि चोक–चोकमा प्रदर्शन सहित बन्द गराउदै हिडेका थिए । शहरका भित्री क्षेत्रमा आमहड्तालको खासै प्रभाव नपरे पनि मुल सडक र चोकमा प्रहरीकोवाबलो उपस्थितीका वाजुद पनि प्रदर्शनकारीको नाराजुलुस चलेको थियो ।

आमहड्ताललाइ लक्षित गर्दै सरकारको निर्देशन मुताविक प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । यसक्रममा आम हड्ताल सफल बनाउन सडकमा प्रदर्शन सहित उत्रिएका नेकपा प्रचण्ड ९नेपाल समूहका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी सम्पद्ध स्रोतका अनुसार कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित अन्य नेता कार्यकर्तालाई पक्राउ परेको थाहा भएको छ ।

त्यस्तै गृहमन्त्रालयले आम हड्तालका नाममा बुधबार विज्ञप्ति जारी गर्दै कुनै अवाञ्छित गतिविधि भएमा त्यसमा संलग्नलाई कारवाही गर्ने चेतावनी दिदैआम सर्वसाधारणलाइ निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो ।