बिहिबार, बैशाख १३, २०८१

संवैधानिक आयोगका लागि सिफारिस पदाधिकारीको सपथ आज हुँदै

 काठमाडौं माघ २१,
गत पुस ५ गतेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीको नियुक्तिका लागि गरेको सिफारिस अनुरुप ति पदाधिकारीको सपथग्रहण आज विहान ९ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ।

संवैधानिक परिषदबाट सिफारिस भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने भएकाले आज सपथ गराउन लागिएको हो । नियुक्तीको ५४ दिन माघ २० गते पुगेको थियो । सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण नियुक्ति पाएका पदाधिकारीको संसदीय सनुवाइ नभए पनि संवैधानिक परिषदबाट सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने संवैधानिक व्यवस्था अनुरुप ती पदाधिकारीहरुलाइ आज सपथ गराउन लागिएको हो ।

परिषद्को गत मङ्सिर ३० र पुष ५ गतेको बैठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगका रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र डा जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, डा सूर्य ढुङ्गेल र लिली बस्नेत थापालाई नियुक्ति सिफारिस गरेको थियो ।

त्यस्तै राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्यमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका अध्यक्षमा कमलाकुमारी पराजुली तथा सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र रीताकुमारी सिन्हा एवं मुस्लिम आयोगका सदस्यमा मोहमुद्धिन अली र निर्जा अरसत बेगको नाम सिफारिस गरेको थियो ।