बिहिबार, चैत्र १५, २०८०

नेतृ झांक्रीलाई अविलम्ब रिहा गर्न काँग्रेसको माग

काठमाडौं माघ २९,

नेपाली कांग्रेसले राज्यविरुद्धको कसूरको आरोपमा पक्राउ परेकी नेकपा प्रचण्ड- माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा पछिल्लो समय नेपाली राजनीतिमा उत्तेजक अभिव्यक्ति र ब्यवहारको शृङ्खला नै चलेको बताएका छन् । ‘खासगरी नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट ब्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल विल्कुलै नभएके जिकिर गर्दै प्रवक्ता शर्माले संयमपूर्वक समाधान पहिल्याउन र नेतृ रामकुमारी झांक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।