बुधबार, बैशाख १२, २०८१

आयोडिनयूक्त नूनको प्रवद्र्धनका लागि सोमवारबाट आयोडिन मन्थ मनाइदै

काठमाडौ माघ १८,

आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशनले २०७७ माघ १९ गतेबाट अर्थात सन् २०२१ फेबुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन महिना [आयोडिन मन्थ] घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको छ ।

नेपाल सरकारले लिएको सहशताब्दी विकास लक्ष अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन २०१६ को नेपाल सरकारले गरेको एनडिएचएस सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गर्दै आएको सर्वे रिपोर्टमा उल्लेख भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोडिन महिना मनाउने क्रममा यस वर्ष कोभिड जोखिमको अवस्थालाइ दृष्टिगत गर्दै आवश्यक स्वास्थ्य सतर्कता सहित आयोडिनको कमीका कारण मुलत गलगाडको समस्या विरुद्ध आसन्न १ महिना आयोडिन महिनाका रुपमा नेपाल सरकारको जनस्वास्थ्यसंग सम्बन्धित निकाय विद्यालय, समुदाय एवंम गैर सरकारी संघ।संस्था,स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्था संगको समन्वयमा स्वास्थ्य शिविर, पम्पलेटिङ चेतना मूलक सामग्री बितरण, अन्र्तक्रिया लगायतका विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।

मुलत गलगाडको समस्याको निवारणको लागि प्रयोगमा ल्याईएको आयोडिनयूक्त नूनको विक्रि वितरणको राज्यको तर्फबाट प्राप्त जिम्मेवारी साल्ट ट्रेडिङले विगत ५७ वष यतादेखि प्रभावकारी रुपमा निर्वाह गर्दै दुई बालबालिका चिन्ह अंकित आयोडिनयसक्त पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण गर्दै आएको छ।