बिहिबार, बैशाख १३, २०८१

कोभिड संक्रमितको संख्या घट्ने क्रम जारी

काठमाडौं माघ १७,
पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न प्रयोगशालामा ३ हजार ६१८ जनाको पीसीआर परीक्षणको क्रममा १०९ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ८५४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले देशका विभिन्न अस्पतालबाट ३५० जना सङ्क्रमित सङ्क्रमणमुक्त भई डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको कुल संख्या दुई लाख ६६ हजार ४८ जना पुगेको जानकारी दिदै पछिल्लो समय २ हजार ७७९ जना सङ्क्रमण सक्रिय रहेका जनाएको छ ।

त्यस्तै यसवीचमा २ जनाको मृत्यु भएको र २ योसंगै मृतकको सख्या हजार २७ पुगेको छ भने २ हजार ७७९ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएकोछ ।