बिहिबार, बैशाख १३, २०८१

पूर्व मन्त्री बस्नेतको पत्रकारलाइ धम्क्याउने अराजक प्रवृतिको महासंघद्दारा भत्र्सना

काठमाडौं माघ १५ ,
नेपाल पत्रकार महासंघले पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज जारी गर्नुृ भएको विज्ञप्तिमाबुटवलमा माघ १३ गते आयोजित युवाहरूको भेलालाई सम्वोधन गर्ने क्रममा पूर्वमन्त्री बस्नेतले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाहरूले अराजकता फैलाएको भन्दै कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका प्रधानसम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा पत्रकारले समाचार लेखेका कारणले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याउनु भनेको प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै महासंघले पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने यसमिसिमका घटनाको महासंघ कडा शब्दमा भत्र्सना गरेको छ ।साथै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न एवं यस्ता कार्य नदोहो(याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।