शुक्रबार, बैशाख १४, २०८१

संसद विघट कदमविरुद्ध वडास्तरमा हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपिल

काठमाडौं माघ ७,
संसद विघटको विरोधमा नेपाली कांग्रेसले बिहीबार देशभरका वडाबाट प्रदर्शन गर्ने भएको छ। बुधबार काँग्रेस सभापति शेरबहादुर देउवाले एक अपिल जारी गर्दै प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध वडास्तरीय प्रदर्शनमा जुट्न निर्देशन दिएका छन्।

त्यस्तै अपीलमा देउवाले ‘सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध माघ ८ गते बिहीबार ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनलाई व्यापक बनाउन पनि आग्रह गर्नुभएको हो ।

यसअघि कांग्रेसले संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा पालिकाहरुमा विरोध प्रदर्शन गरिुको छभने विहीवार पालिका अन्र्तगतका ६ हजार ७ सय ४३ वडाहरुमा प्रदर्श गर्न लागेको हो ।