शुक्रबार, चैत्र १६, २०८०

३५ जना पत्रकारलाइ कोभिड सङ्क्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान

काठमाडौं माघ ७,
कोभिड सङ्क्रमणको उच्च जोखिमको समयमा जोखिम मोलेर कोभिड विरुद्ध चेतनामूलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ जना पत्रकारलाइ कोभिड सङ्क्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।  अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीको साझा संस्था एनआरएनएको सहयोग एवं नेपाल पत्रकार महासंघ को सहकार्यमा सो सम्मान प्रदान गरिने महासङ्घका महासचिव रमेश विष्टले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा कोभिड सक्रमणविरुद्ध आफूले प्रकाशन÷प्रसारण गरेका चेतनामूलक समाचार सामग्री पठाउन सूचित गरेबमोजिम प्राप्त २८५ समाचार सामग्रीमध्ये समाचार सामग्रीको विषयवस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखनशैली एवं भौगोलिक, विधागत, समावेशीतासमेतका आधारमा ३५ जनालाई लेखनवृत्ति पत्रकारिता सम्मानका लागि छनोट समितिवाट छनोट गरिएको उल्लेख गर्दै छनोट भएका सबै पत्रकारलाई नगद रु १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरिने उल्लेख गरिएको छ ।

साथै यसरी सम्मानित हुनेमा इश्वरी बराल थाहा सञ्चार नेटवर्क, काठमाडौं,प्रकाश पन्त विविसी नेपाली सेवा, पूर्णचन्द्र घिमिरे रेडियो नेपाल, काठमाडौं, बिनु तिम्सिना नेपाल टेलिभिजन, इन्द्रप्रसाद पौडेल कान्तिपुर टेलिभिजन,  नरेन्द्र मानन्धर इमेज च्यानल, काठमाडौ ,सिजर्ना बराल, हिमालय टिभी, चन्दमणी भट्टराई काठमाडौं अनलाइन, डुन्डुराज आचार्य न्यूज कारोबार अनलाइन,धु्व्र लम्साल राजधानी दैनिक, नमिन ढकाल लोक सन्देश अनलाइन,  श्रीजन कुमार झा काठमाडौ,फणीन्द्र फुयाँल झिल्को अनलाइन ,रामहरी कार्की दैनिकी न्यूज अनलाइन, ललितपुर,बिज्जु महर्जन कान्तिपुर दैनिक, फोटो पत्रकार दमन राई नागरिक दैनिक, फातिमा बानु कान्तिपुर दैनिक, जिवन लामा नेपाल समाचारपत्र दैनिक,  महेश्वर गौतम राजधानी दैनिक, लक्ष्मी बस्नेत हिमाल खबर पत्रिका, खेमराज वली, अनलाइन खबर, अष्ट्रेलिया,ललित बुढा,  नरहरी सापकोटा नागरिक दैनिक, शंकर धामी दार्चुला सन्देश दैनिक,सरोज ढुंगेल गोरखापत्र दैनिक, शिवराज भट्ट, अन्नपूर्ण पोष्ट, कैलाली, राधेश्याम खतिवडा चितवन पोष्ट, चितवन,संगीन शर्मा काँचुली खबर अनलाइन, बाँके,शिवराज योगी अक्षरपाटि अनलाइन, काठमाडौं,सिर्जना तिम्सिना मिर्मिरे अनलाइन, काठमाडौं,सुरेश विडारी अनलाइन खबर डटकम,भगवती थापा रासस, भक्तपुर,रामकृष्ण लामिछाने ,पोषनाथ अधिकारी धादिङ र शिव सिलवाल एनटिभी धादिङ रहेका छ ।