शनिबार, बैशाख ८, २०८१

भारत सरकारको तर्फबाट नेपाललाई १० लाख डोज कोभिडविरुद्धको खोप अनुदान प्राप्त

काठमाडौ माघ ७,
भारत सरकारले कोभिड महामारी विरुद्धको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड र एस्ट्राजेनेकाको १० लाख डोज कोभिशिल्ड खोप नेपाललाइ उपलब्ध गराउने भएको छ ।  स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भारत सरकारले उपलब्ध गराउने उक्त परिणामको खोप विहीबार सम्म काठमाडौ आइपुग्ने जानकारी दिईएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा स्वास्थ मन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले नेपाल लगायतका अन्य मुलुकलाइ समेत अनदानमा खोप सहयोग उपलव्ध गराएकोमा धन्यावाद ज्ञापन गर्दै नेपाललाइ प्राप्त हने खोप न्यायपूर्ण रुपमा वितरण हुने समेत प्रतिवद्धता समेत व्यक्त गर्नुभउको छ ।

त्यस्तै भारत सरकारले नेपाललाई अनुदानस्वरुप खोप दिन लागेको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राले भारतमा खोप बनेको एक हप्ताभित्रै खोप पाउने नेपालले पाउनु भनेको दुई देशको मित्रता प्राथमिकता भएको जनाउ दिदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी नेपाल भारत संयुक्त आयोगको बैठकको क्रममा समकक्षी भारतीय विदेशमन्त्री डा सुब्रमन्यम जयशङ्करसँग खोपका विषयमा सहकार्य गरेर अघि बढ्ने सवालमा भएको सहमति अनुरुप उक्त खोप उपलब्ध गराईएको जाकारी दिनभयो ।