बिहिबार, बैशाख ६, २०८१

उपत्यकाका १ सय ४५ सहित थप ३ सय १८ जनामा कोभिड संक्रमण ,थप ६ को मृत्यु

काठमाडौ माघ ७,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार १२ जनाको पीसीआर परीक्षणको क्रममा काठमाडौ उपत्यकामा १ सय ४५ सहित थप ३ सय १८ जनामा कोभिड संक्रमण देखिएको छ । योसंगै नेपालमा कुल कोभिड संक्रमितको सख्या २ लाख ६८ हजार ३१० पुगेको छ।
त्यस्तै  यही अवधीमा देशभरबाट थप ३ सय ८३ जना संक्रमित संक्रमणमुक्त हुँदै डिस्चार्जभएसंगै कोभिडमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै   मन्त्रालयले उपत्यकामा पहिचान भएका संक्रमित मध्ये काठमाडौमा ११६, ललितपुरमा २६ र भक्तपुरका ३ जना रहेको जाकारीदिएका छन ।

साथै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको त्यस्तै संक्रमितमध्ये १६५ को आइसीयूमा ३३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जानकारी दिनुको अलावा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ पुगेको जनाएको छ ।