बिहिबार, बैशाख ६, २०८१

कमलपोखरी पुनर्निर्माणको क्रममा रातारात डोजर चलेपछि सम्पदाप्रेमीहरु आन्दोलित

काठमाडौं माघ ६,
पुरातत्व विभागको निर्देशन विपरित काठमाडौं महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण जारी राखेको भन्दै सम्पदाप्रेमीहरु आन्दोलित भएका छन ।विभागको निर्देशन विपरित काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित  पोखरीमा रातारात डोजर चलाएर सोमबार बेलुका हिलो माटो निकालिएपछि स्थानीय र अभियन्ताहरु आन्दोलित भएको हो।

प्राप्त जानकारी अनुसार पोखरी निर्माण प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधि भित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको सोमबार नै महानगरलाई पत्राचार गरे पनि ठिक त्यसविपरितका कार्य गर्दै महनगरले पोखरीको मौलिकता मास्दै पोखरीलाई कंक्रिट संरचना बनाउने प्रयास गरेको बुझिएको छ ।

त्यस्तै सम्पदा संरक्षण अभियन्ताहरुले आज महानगर मुख्यालयमा कमलपोखरी निर्माणको क्रममा भइरहेको बदमासी रोक्न धर्ना दिएका छन् । धर्नामा बसेका सम्पदाप्रेमीले ‘प्रकृतिको दोहन बन्द गर’, ‘सिमेन्ट र डण्डीको कमल चाहिँदैन’, ‘रानीपोखरीबाट पाठ नसिकेकामा हामी लज्जित छौँ’,दुर्लभ सिमसारको संरक्षण गर’ लगायत नारा लेखिएका ‘प्ले कार्ड’ सहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य, महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महानगर प्रमुख शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई नभेटेपछि पत्र दर्ता गरेर फर्किएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031