बिहिबार, चैत्र १५, २०८०

काठमाडौ उपत्यकामा २१८ सहित ३ सय ४८ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं माघ ६,
देशभर पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९ सय ५६ जनामा गरिएको पिसिआर परीक्षणको क्रममा काठमाडौ उपत्यकामा २१८ सहित ३ सय ४८ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज थपिएका ३ सय ४८ जनासहित नेपालमा कूल संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको र यसमध्ये ३ हजार ७ सय ६४ जना सक्रिय संक्रमित अवस्थामा रहेको जनाएको छ ।

त्यसतै यसवीचमा ४ सय ४१ जना संक्रमित कोभिड संक्रमण मुक्त हुँदै डिस्चाज भएसंगै कोभिड निको हनेको सख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको जानकारी दिदै मन्त्रालयले संक्रमणबाट थप ४ जनाको मृत्यु भएको र योसंगै देशभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ जना पुगेको जानकारी दिएको छ ।