शनिबार, बैशाख ८, २०८१

प्रतिलिटर दुई रूपैयाँका दरले बढ्यो इन्धनको मूल्य

काठमाडौं माघ ६,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले माघ ५ गते मध्यरात्रबाट लागहुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो ।

बढ्दो मूल्यसंगै पेट्रोलको मूल्य प्रति लिटर ११० रुपैयाँ, र डिजेल तथा पेट्रोलको मुल्य प्रति लिटर ९३ रुपैयाँ कायम भएको छ ।   यद्यपी हवाई इन्धन तथा खान पकाउने ग्यासको मूल्य यथावत रहेको िनिगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए।