बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा १६३ सहित थप ३ सय २२ जनामा कोभिड संक्रमण,६ को मृत्यु

 काठमाडौं माघ ५,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ३०६ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकामा १६३ सहित देशभर थप ३ सय २२ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।

त्यस्तै यही अवधीमा देशभरबाट थप ३ सय ७४ जना संक्रमित उपचारपछि डिस्चार्जमएसंगै निको भएर घर फर्किनेको सख्या २ लाख ६१ हजार ८१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको जानकारी दिदै यसवीचमा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको जनाएको छ ।