बिहिबार, चैत्र १५, २०८०

बैंकिङ कसूर मुद्दामा फरार रहेका ३ अभियुक्त पक्राउ

काठमाडौं माघ ५,
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले बैकिङ कसूर [चेक बाउन्स] मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई बाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका९१४ हनुमाननगर ठेगाना भएका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिका९२ चिसापानी ठेगाना भएका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका९२ ठेगाना भएका २९ वर्षीय विष्णु अंगाई रहेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका अभियुक्तत्रयले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी बिभिन्न बैंकका चेकहरु काटी पीडितलाई दिई बैकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राम बहादुरलाई ५५ दिन कैद र २ करोड ३२ लाख २४ हजार १ सय रुपैयाँ, सुवासलाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रुपैयाँ र विष्णुलाई १ महिना कैद तथा १० लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

त्यस्तै पक्राउ परेका मध्ये राम बहादुरलाई आइतबार चितवन खैरेनी नगरपालिका-८ बाट, सुवासलाई शनिबार चितवन पुल्चोकबाट र विष्णुलाई शुक्रबार चितवन भरतपुरबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिदै आवश्यक कारवाहीको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको ब्यूरोले जनाएको छ ।