मङ्लबार, बैशाख ११, २०८१

मुर्त–अमुर्त सम्पदा संरक्षणमा काठमाडौं महानगर  एकाग्र छ : महानगर प्रमुख शाक्य

काठमाडौँ माघ ४,
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको वडा २१ लगनटोलस्थित बुद्ध शासनकालसँग जोडिएको सांस्कृतिक एवं पुरातात्विक कीर्ति पुण्य महाविहार आँग छेँंको शिलान्यास गर्नुभएको छ । माघ २ गते विहान धार्मिक विधिअनुसार आयोजना गरिएको कार्यक्रममा शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले मूर्त–अमूर्त सम्पदाको संरक्षणमा महानगरपालिका एकाग्र भएको बताउनुभयो । ‘काठमाडौं ऐतिहासिक र सांस्कृतिक सहर हो । यहाँ लामो समयदेखि जीर्ण बनेका सयौँ सम्पदा छन् । तिनीहरुमध्ये केही सम्पदाहरुमा स्वामित्वको विवाद छ । केहीमा निकायगत समन्वयको अभाव छ ।यी सम्पदालाई यत्तिकै छोड्ने हो भने जीर्ण सम्पदा भग्नावशेषमा रुपान्तरण हुन्छन् । हामी त्यस्तो अवस्था हेर्न सक्दैनौं । त्यसैले स्वामित्वलगायतका विवाद छिचोलेर सम्पदाको मर्मत, सम्भार र पुननिर्माणलाई प्राथमिकता दिएको उहााले बताउनुभयो ।

त्यस्तै उहाँले महाविहार आफ्ना पुर्खाले निजी स्रोतबाट महाविहार निर्माण गराएको स्मरण गर्दै मेयर शाक्यले, आफू स्थानीय सरकारको प्रमुख भएको बेला पुननिर्माण गर्न पाएकोमा गौरव लागेको बताउदै स्थानीय सम्पदाको संरक्षण गुठियारहरुले नै गर्नुपर्छ सरकारको काम भनेको ढल, बाटो–घाटोको निर्माण मात्रै हो भन्ने सोचलाई रुपान्तरण गरेर सम्पदा जोगाउने जिम्मा सरकारकै हो भन्ने मान्यता स्थापित गराउन आफूले प्रयास गरेको समेत जिकिर गर्नुभयो ।

प्राप्त जानकारी अनुसार काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रुपैयाँ रहेको छ । २०७८ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र सोको जिम्मा पुननिर्माणको काम तुलसी कन्स्ट्रक्सनले पाएको थाहा भएको छ ।