मङ्लबार, बैशाख ४, २०८१

स्वास्थ्य मापदण्ड अपनाएर काठमाडौं महानगरभित्रका विद्यालय आजबाट सञ्चालनमा

काठमाडौं माघ ४,
कोभिड संक्रमणको जोखिमसंगै गत वर्ष चैतदेखि बन्द रहेका महानगरपालिका भित्रका विद्यालय आजबाट सञ्चालनमा आएका छन । यसअघि आलाइनमा सिमति रहेका विधालयहरु पछिल्ले समय कोभिड संक्रमणको जोखिम घटेको निष्कर्ष सहित भौतिक रुपमै विधार्थीहरुलाइ उपस्थित गराइ सञ्चालान गरिएको हो ।

महानगरभित्र ९३ सामुदायिक र ६ सय ४२ निजी विद्यालय रहेको जानकारी दिै महानगरका अधिकारीहरुले चालु शैक्षिक सत्रको ३ महिना मात्र बाँकी रहेको अवस्थासंगै संक्रमणबाट बच्न जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खुलाउन अनुमति दिइएको जानकारी दिएका छन ।
यसवीचमा केहि विद्यालयहरु आइतबारदेखि खुलेपनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही समय लाग्ने ती अधिकारीले बताए ।