शनिबार, बैशाख ८, २०८१

कारागार कार्यालय, चितवनलाई पुस्तक हस्तान्तरण

काठमाडौं माघ २,
महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकील कार्यालय चितवन मार्फत स्थानीय चितवन कारागार कार्यालयका कैदीबन्दीको प्रयोजनार्थ विहीवार पुस्तक हस्तान्तरण गरिएको छ ।
कारागार कार्यालय, चितवनको परिसरमा आयोजित कार्यक्रमका बीच जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्री सहायक जिल्ला न्यायाधिवक्ता घनश्याम घिमिरे र महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता शिव वाग्लेले चितवन कारागार कार्यालय प्रमुखलाई पुस्तक हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएको पुस्तक डेलीमा संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा नेपालको संविधान, ऐन, नियमका संग्रह लगायतका साहित्य, इतिहास सहित अन्य पठनीय सामाग्रीहरू रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।