बिहिबार, बैशाख १३, २०८१

आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं माघ २,
बुहप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।  भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

विसं १९९० माघ २ गतेको भूकम्प पछि मुलुकमा विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाकलाइ केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पले करीब ९ हजार मानिसको मृत्यु हुनुको अलावा ८ लाखभन्दा बढी निजी घर ध्वस्त भएको थियो ।

त्यस्तै  दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नं ८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने जनाइएको छ । यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीकोसमेत आयोजना गरिने जनाइएको छ।