मङ्लबार, बैशाख ११, २०८१

संवैधानिक कि बृहत् पूर्ण इजलास ? भन्ने आजको बहस हेर्दाहेर्दैमा, अर्को सुनवाइ शुक्रवार

काठमाडौ पुस २९,
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको सुनवाइ संवैधानिक इजलासमा कि बृहत् पूर्ण इजलासमा भन्ने सवालमा कुनै छिनोफानो हुन नसकिएका कारण अर्को सुनवाइ शुक्रबारका लागि तोकिएको छ ।

प्रतिनिधिसभा विघटन प्रकरणको सुनुवाइ ५ न्यायाधीश सम्मलित संवैधानिक इजलासबाट गर्दा न्याय निरुपण तार्किक नहुने जिकिर सहित
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतका अधिवक्ताले प्रस्तुत मुद्धाको सुनवाइ विगतमा संसद विघटनको मुद्धामा भएको सुनवाइको नजीरलाइ ध्यान दिदै प्रस्तुत मुद्धाको सुनवाइ पनि पूर्ण इजलासमा हुनुपर्ने माग गर्न भएको थियो ।

तर प्रस्तुत विषयमा कुनै निर्णय नभइ आजको सुनवाइ हेर्दाहेर्दै’मा टुंगिएसंगै अर्को सुनवाइ शुक्रवारका लागि तोकिएको हो । त्यस्तै आजको इजलासमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भने संविधानको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई भएको र गम्भीर संवैधानिक प्रश्न संवैधानिक इजलासले नै न्याय निरूपण गर्ने भएकाले यताको मुद्दाको सनवाइ पूर्ण इजलासबाट हुन नसक्ने बताउनुभएको  थियो ।