बिहिबार, बैशाख १३, २०८१

कोभिड १९ खोपको आपतकालिन प्रयोगका लागि दर्ता प्रक्रियामा सहभागी हुन विभागको आव्हान

काठमाडौ पुस २९,
औषधि व्यवस्था विभागले कोभिड १९ खोपको आपतकालिन प्रयोगका नेपाल भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन आव्हान गरेको छ । विभागले आज एक सूचना जारी गर्दैै यस्तो आव्हान गरेको हो ।

जारी सूचनामा विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने लक्ष्य वोकेका औषधि उत्पादक वा आयातकर्ताहरुले सम्वन्धित उत्पादकको तर्फबाट आवश्यक कागजातसहित विवरण खुलाई खोपको आपतकालिन खोपको आपतकालिन प्रयोग सम्वन्धि संहिता २०७७ र कोभिड १९ बिरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्वन्धि अबधारणापत्रलाई आधार मानिने समेत स्पष्ट पारेको छ ।

त्यस्तै विभागको सूचनामा औषधि ऐन २०३५ [तेस्रो संसोधन सहित] को दफा ९ क को कार्यान्वयनको लागि तथा कोभिड १९ महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्वन्धीत मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपहरुहरु वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपतकालिन प्रयोगको दर्ता प्रयोजनका लागि यस किसिमको सूचना जारी भएको प्रष्टिकरण सहित प्रस्तुत सूचना जारी गरिएको जनाएको छ ।

यसैगरी विभागका महानिर्देशक भरत भट्टराईको हस्ताक्षरमा जारी उक्त सूचनामा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा विभागमा दर्ता भइसकेका वा भएर खोप ल्याउन चाहने उत्पादक वा तिनले तोकेका आधिकारिक आयातकर्ताले आवश्यक कागजात पेश गरी आयत अनुमति लिन सक्ने उल्लेख गरिएको छ ।

यसैवीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले गत सोवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रथम चरणमा कोभिड खोप सरकार र सरकार वीचको समझदारीमा खरिद गरिने र त्यसपछि अर्थात दोस्रो चरणमा मात्र निजी क्षेत्रबाट खोप ल्याउन पहल सहितको अनुमति दिइने बताउदै गर्दा विभागको तर्फबाट आज दर्ता प्रयोजनको सूचना जारी भएको हो ।