बिहिबार, बैशाख १३, २०८१

उपत्यकामा २४६ सहित देशभर ४४५ जना कोभिड संक्रमित थपिए

काठमाडौ पुस २९,
नेपालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार १ सय ५४ पीसीआर परीक्षणको क्रममा काठमाडौ उपत्यकामा २४६ सहित थप ४४५ जना कोभिड संक्रमित थपिएको जनाएसंगै देशभर कोभिड संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ।

त्यस्तै बुधबार ४१४ जना कोभिड संक्रमित डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाएको छ।

साथै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौमा १८९ जना, भक्तपुरमा १९ र ललितपुरमा ३८ जना रहेको जनाकारी दिदै पछिल्लो २४ घण्टामा थप ५ जनाको संक्रमितको मृत्यु भएको र योसंगै  सक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।