बिहिबार, बैशाख १३, २०८१

कोभिड विरुद्धको खोप कोषका लागि आर्थिक सहयोग गर्न सरकारको आह्वान

 काठमाडौ पुस २९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै कोभिड भाइरस संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्न दातासँग सहयोग माग गरेको छ ।

मन्त्रालयद्दारा जारी सुचनामा मन्त्रिपरिषदको कात्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक हुने जनाउ सहित सोको लागि आवश्यक सहयोग गर्न दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई  सरकारले व्यवस्था गरेको खोप कोषमा योगदान आह्वान गरिएकोछ ।

त्यस्तै सूचनामा प्राथमिकताको आधारमा न्यायोचित वितरण प्रणालि सहित लक्षित समूहहरुलाई मात्र निःशुल्क खोप उपलब्ध गराउने सरकारको तयारी रहेको उल्लेख गर्दै खोपका कारण हजारौंको जीवन रक्षा हुनुको अलावा जारी महामारी नियन्त्रणकामा आउने विस्वास गरिएकोछ ।
स्मरण रहोस यसअघि सबैलाई निःशुल्क खोप दिइने बताउदै आएको  सरकारले आज जारी सार्वजनिक सूचनामा भने ‘लक्षित सूमहहरुलाई निःशुल्क खोप उपलब्ध गराउने उल्लेख गर्दै खोपकोषको विस्तृत विवरण दिदै कोषमा रकम जम्मा गर्न भनेको छ ।