शुक्रबार, बैशाख ७, २०८१

नेता नेपालले भने – प्रधानमन्त्री ओली सामन्ती संस्कारका पृष्ठपोषक

काठमाडौं पुस २८,
संसद विघटनसंगै विभाजन भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी [नेकपा] प्रचण्ड-नेपाल समूहका अध्यक्ष प्रचण्डले गण्डकी प्रदेशमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै मदन भण्डारीले प्रतिपादन गरेको जबज सिद्धान्तको विरोधी रहेको खुलासा गरेका छन् ।

त्यस्तै उहाँले पार्टी एकीकरणको अन्तिम समयमा आफुहरुले जबज मान्न नसकिने बताउँदै गर्दा माधव जीले जबज छाड्नु हुँदैन भन्दै फरक मत राखेपनि प्रधानमन्त्री ओलीले अव जबजको कुरा छौडौं र जनताको जनवादमा जानु पर्छ भन्दे जवज सिद्धान्तलाइ तिलाञ्जली दिएको बताउनुभयो ।

त्यस्तै विरोधसभालाइ सम्बोधन गर्दै प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधव कुमार नेपालले गुटगत प्रवृतिमा रमाउन मनपराउने प्रधानमन्त्री केपी ओली सामन्ती संस्कारका पृष्ठपोषक भएको बताउदै  ओलीले गुटको मात्र नेता भएको बताउनुभयो । त्यहिकारणले जो व्यक्तिलाइ हनुमानहरु, अरिङ्गालहरु र जय भन्नेहरु मात्र मन पर्नु स्वभाविक भएको भन्दै यस्ता व्यक्तिले   पार्टी चलाउन, विधि, प्रक्रिया बसेनन भनेर अचम्म हुन नर्पर्ने  बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031