मङ्लबार, बैशाख ४, २०८१

देशभर थप ४ सय ३० जनामा कोभिड संक्रमण ,थप ५ को मृत्यु

काठमाडौं पुस २८ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ३ सय जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौं २२१, ललितपुरमा २९ र भक्तपुरका ९ गरी कुल २५९ सहित देशभर थप ४ सय ३० जनामा कोभिड संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

त्यस्तै  देशभरबाट थप ३ सय ९० जना संक्रमणमुक्त भएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ रहेको र यसमध्ये १५७ जनाको आइसीयूमा ३५ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जनाएको छ ।

साथै संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ पुगेको मन्त्रालयले जनाएको छ ।