शुक्रबार, चैत्र १६, २०८०

प्रदेश–१ का मुख्यमन्त्री राईसहितका ८ सांसद निलम्बनमा

काठमाडौं पुस २८,
प्रचण्ड नेपाल समूहका नेकपाले प्रदेश–१का मुख्यमन्त्री शेरधन राईसहितका ८ जनालाई सांसद पदबाट निलम्बन निलम्बन गरेको छ । प्रचण्ड-नेपाल समूह संसदीय दलका नेता भिम आचार्यले आज जारी गर्नु विज्ञप्तिमा मुख्यमन्त्री शेरधन राईसहित क्रमस भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीले पार्टी र सरकारको हित विपरीत गतिविधिमा संलग्न हुँदै नेकपाको संसदीय दलको विधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको उल्लेख गरिएकोछ ।