शुक्रबार, बैशाख ७, २०८१

स्रोत नखुलेको लाखौं रुपैयाँ सहित गुरुङ पक्राउ

काठमाडौ पुस २७,
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ९१३९ नम्बरको हाईस गाडी चेकजाँचको क्रममा स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित चितवन माडीका २६ वर्षीय राम कुमार गुरुङलाई सोमबार बिहान पक्राउ गरेको छ ।

गाडीमा सवार गुरुङलाइ झोलामा लुकाई ल्याएको उक्त नगद र चेक सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएउँदै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएकोछ ।