मङ्लबार, बैशाख ११, २०८१

नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ पुग्यो

काठमाडौ पुस २७,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ३०९ जनाको पीसीआर परिक्षणको क्रममा देशभर थप ४ सय ८८ जनामा कोरोना कोभिड९१९ संक्रमण पुष्टिभउसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

त्यस्तै यसवीचमा थप ५ सय २७जना संक्रमित डिस्चार्ज भएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको र १६३ जनाको आइसीयूमा र ३७ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जनाएकोछ ।

साथै कोभिड संक्रमणबाट थप १० जनाको मृत्यु भएको र योसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ पुगेको जानकारी दिएको छ ।