बुधबार, बैशाख १२, २०८१

गोरखा–काठमाडौं एकीकरण पदयात्रामा रहेको सेनाको टोलीले नेपालको झण्डा, टर्च प्रधान सेनापतिलाई हस्तान्तरण गर्दै

अनुप प्रधान /काठमाडौ पुस २७,
आज राष्ट्र निर्माता वडामहाराजधिराज पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीका तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ । यसै क्रममा तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको स्मरणमा गत पुस २१ गते गोरखा दरबारबाट नेपाली सेनाको टोलीले शुरु गरेको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोलीले ल्याएको नेपालको झण्डा, टर्च र नेपाली सेनाको झण्डा पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सोमबार प्रधान सेनापतिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यसअघि आइतवार पदयात्रामा रहेको सेनाको टोलीले काठमाडौंको हनुमानढोकास्थित शार्दुलजंग गुल्ममा आइपुगेका सेनाको टोलीले आफ्नो साथमा गोरखा दरबारबाट ल्याएका राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्च लगायत नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरुको झण्डा शार्दुलजंग गुल्मलाई हस्तान्तरण गरेको थियो । त्यसअवसरमा नेपाली सेनाको टोलीलाइ स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लबहरु, सर्वसाधारण लगायतले स्वागत गरेका थिए ।