मङ्लबार, बैशाख ११, २०८१

आज राष्ट्र निर्माता वडामहाराजधिराज पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती भव्यताका साथ मनाइँदै

काठमाडौ पुस २७,
आज राष्ट्र निर्माता महाराजधिराज पृथ्वीनारायण  शाहको २९९औँ जन्मजयन्तीका अवसरमा देशभरनै विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ । तर राज्यले दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रमको आयोजा नगरेपनि सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको औपचारिकता सहितको स्मरण मात्र गर्न तयारी रहेको बुझिएकोछ ।

तर राज्यको कर्मकाण्डी प्रवृतिलाइ चुनौती दिदै जनस्तरबाट पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना सहित दिवस मनाउदै गरेको हो । यसैक्रममा राजधानीको भृकुटीमण्डपबाट विहान ८ बजे र ११ बजे विश्व ह्निदु महासंघ लगायतका संघसंस्थाले र्याली सहित राष्ट्र निर्माता वडामहाराजधिराज पृथ्वीनारायण शाहको योगदाको स्मरण गर्दै उहाँ प्रति सम्मान व्यक्त गर्दै गरेको जानकारी प्राप्त भएको छ । त्यस्तै नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको थाहा भएकोछ ।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । त्यस अवस्थामा शाहबाट मुलुकको इकिरकरण नभएको भए आज नेपाल स्वतन्त्र राष्ट्रको अस्तित्वमा रहने परिकल्पना आफैमा संभव थिएन ।

साथै तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट मुखरित भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ । राष्ट्र निर्माताको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन समेत माग हुँदै आएको छ ।