शुक्रबार, चैत्र १६, २०८०

स्वतन्त्र न्यायालयको गरिमामाथि आँच पुर्याउने काम आपत्तिजनक : सरकार प्रवक्ता

काठमाडौं पुस २६,
सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा ४ पूर्व प्रधानन्यायाधीशहरुले दिएको वक्तव्यप्रति आपत्ति जनाउनुभएको छ ।

प्रवक्ता गुरुङले तमू [गुरुङ] सञ्चारकर्मी संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अदालतमा विचाराधिन मुद्दालाई प्रभावित तुल्याउनेगरी पूर्व प्रधानन्यायाधीशहरुले संयुक्त वक्तव्य आउनु किमार्थ न्यायसंगत नभएको बताउदै स्वतन्त्र न्यायालयको गरिमामाथि आँच काम कोहिकसैले पनि गर्न नहुने बताउनभयो ।

तर पछिल्लो समय सर्वोच्च पूर्व प्रधानन्यायाधीशहरुले स्वतन्त्र न्यायालयको गरिमामाथि आँच आउने पुर्याउने मनशायले अदालतमा विचाराधीन मुद्दामा कानुन विपरित जारी गरेको वक्तव्यको भ्रममा नपर्न पनि सबैलाई अपिल समेत गर्नुभएको छ । त्यस्तै उहाँले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा जानेमा विश्वस्त हुन समेत आग्रह गर्नुुभयो ।