शनिबार, कार्तिक ६, २०७८

ससंद विघटनविरुद्ध कांग्रेसले आज ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोधसभा गर्दै

काठमाडौ पुस २५,
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्र्तगत आज देशभरका ३ सय ३० ठाउँमा विरोधसभा तथा प्रदर्शन गर्न लागेको हो । कांग्रेसका नेताहरु आ -आफ्नो क्षेत्र अन्र्तगतको प्रदशसभाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछ काँग्रेस मुख्यालयले जनाएको छ ।

यसवीचमा प्राप्त जानकारी अनुसार बानेश्वरमा प्रकाशमान सिंह, चाबहिल र कपनमा गगन थापा प्रदर्शनीमार्गमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा स्वयम्भू भगवान पाउ र झोछेमा नविन्द्रराज जोशीले सम्बोधन गर्ने तयारी रहेको बुझिएको छ ।

यसअघि कांग्रेसले पुस १३ गते विघटनविरुद्ध देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो । त्यस्तै अव माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031