शुक्रबार, बैशाख १४, २०८१

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने तामाङ पक्राउ

काठमाडौ पुस २५,
काठमाडौं महानगरपालिका९१५ विजेश्‍वरी पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ दिदै आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे तिमाल गाउँपालिका- ७ घर भएका २८ बर्षीय चन्द्र तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्रदेश नम्बर ३९०२९०१७ प ७९६८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङले मादक पदार्थ सेवन गरेका कारण प्रहरीलाई उक्त रकम दिने खोजे पश्चात प्रहरीले उनलाई रकम सहित पक्राउ गर्दै आवश्यक अनुसन्धान शुरु गरिएको जनाएकेछ ।