बुधबार, बैशाख १२, २०८१

ईतिहास सँगै वर्तमान र भविष्य पनि गाँसिएको हुन्छ भन्ने पक्षलाइ हेक्का राख्न आग्रह

पुस २७ लाइ  राष्ट्रिय एकता दिवस घोषणा गर्दै राष्ट्रिय विदा घोषणा गर्न माग

काठमाडौं पुस २४ ,

विश्व हिन्दु महासंघले आगामी पुस २७ गते  बर्तमान् अखण्ड अविभाज्य तथा स्वतन्त्र नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पूर्ण नेपालीले धुमधामसँग मनाउनु आजको आवश्यकता भएको बताएको छ ।

महासंघकी महासचिव अस्मिता भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै सृष्टि कालदेखि नै एक देवभूमि तथा तपोभूमीको रुपमा परिचित आधुनिक  मुलुकको निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले विदेशी हस्तक्षेप या कसैको उपनिवेश हुन बाट बचाई सबै नेपालीको साझा फुलबारीको रुपमा विशाल स्वतन्त्र वैदिक सनातान हिन्दु अधिराज्यको स्थापना गरेको योगदानलाई सम्पूर्ण नेपालीले सम्मान ,आदर गौरव भाव ब्यक्त गर्न किमार्थ पछि पर्न नहुनेमा जोड दिदै पौष २७ गते उहाँको जन्मदिनलाई राष्ट्रिय पर्वका रुपमा हर्सोल्लासका साथ देशब्यापी रुपमा मनाउन आव्हान समेत गर्नु भएको छ ।

त्यस्तै विज्ञप्तिमा पछिल्लो समय परिवर्तनको नाममा इतिहास मेट्दै जाने प्रवृतिले प्रशय पाउँदै आएको पक्षप्रति लक्षित हुँदै महासचिव भण्डारीले ईतिहास सँगै वर्तमान र भविष्य पनि गाँसिएको हुन्छ भन्ने पक्षलाइ हेक्का राख्न समेत आग्रह गरेकी छिन ।

त्यस्तै विज्ञप्तिमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशहरुलाई अनुशरण गरि हिड्न नसकेकैकारण मुलुकमा दिनानुदिन अनेकन समस्यामा जेलिदै आएको तितो यथार्थ हामी सामु विद्यमान रहेको भन्दै पृथ्वीनारायण शाहका योगदानले हामी नेपाली हुन पाएका छौं भन्ने यथार्थलाई भुल्न नहुने जिकिर गरिएको छ । साथै विज्ञप्तिमा त्यसअर्थमा पनि पौष २७गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हर्ष उल्लासका साथ भव्य रुपमा मनाउन नेपाल सरकारले राष्ट्रिय विदा घोषणा गर्नुका साथै उहाँको तस्बिर अंकित मुद्रा समेत प्रकाशित गर्नका लागि विश्व हिन्दु महासंघ नेपाल सरकार समक्ष माग गर्दछ भनिएको छ ।