शनिबार, बैशाख ८, २०८१

प्रचण्ड –नेपाल समूहले आज नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्दै

काठमाडौं पुस २३ ,

संसद विघटनसंगै दुइ कित्तामा विभाजित सत्तारुढदल नेकपाको प्रचण्ड –नेपाल समूहले  सरकार विरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रमको घोषणासंगैआज राजधानीको नयाबानेश्वरस्थित इन्द्रेणी फुडल्याडमा नागरिक समूहका अगुवाहरुसँग अन्तक्रिया सहितको छलफल गर्दैछ ।

प्राप्त जानकारी अनुसार प्रस्तुत अन्तक्रिया मुलत प्रधानमन्त्री केपी ओली गर्नु भएको संसद विघटन विरुद्ध आन्दोलन केन्द्रीत हुने बताईएकोछ । प्रचण्ड नेपाल समूहले केही दिन यता संसद विघटनविरुद्दको आन्दोलनका कार्यक्रमका साथै विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग अन्तक्रिया गर्दै आइरहेको र यसै परिपेक्ष्यमा आज पनि अन्तरक्रियाको आयोजना गरिएको हो ।