शुक्रबार, बैशाख ७, २०८१

संवैधानिक इजलासमा शुरु भएको संसद विघटन मुद्दाको सुनुवाइ एक साताका लागि स्थगित 

न्यायाधीश कार्कीले संवैधानिक इजलास छाडे

काठमाडौं पुस २२ ,

संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । दुई तिहाइ बहुमत नजिक रहेका प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गर्न नसक्ने जिकीर गर्दै सर्वोच्चमा एक दर्जन बढी रिट परेका छन। ती सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आदेश दिएपछि आजदेखि उक्त रिट उपर सुनुवाई सुरु भएको हो ।

सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकोले यसको आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरूले बताएका छन ।

यसैवीच न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास छाडेका छन् । यसअघि बहसको क्रममा अधिवक्ताहरुले कार्की प्रधानमन्त्री केपी ओली  निकट रहेको भन्दै इजालसमा बस्ने विषयमा प्रश्न उठाएसंगै न्यायाधीश कार्कीले संसद विघटनसम्बन्धी मुद्दा नहेर्ने घोषणा गर्दै संवैधानिक इजलास छाडेसंगै  संवैधानिक इजलास एक साताका लागि स्थगित  गर्दै  पुस २९ गतेलाई अर्को सुनुवाइ तोकिएको   बुझिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031