शनिबार, बैशाख ८, २०८१

देशभर थप ४ सय ९ जनामा कोभिड संक्रमण,६ जनाको मृत्यु

काठमाडौ पुस २२,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न् प्रयोगशालामा ६ हजार ७०६ जनाको पीसीआर परिक्षणको क्रममा देशभर थप ४ सय ९ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ भने यसवीचमा आज कोभिड संक्रमित उपचारपछि डिस्चार्जभएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कुल संक्रमित मध्ये देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको र क्वारेनटिनमा ३४२ जना रहेको जनाउदै त्यसमध्ये पनि १९७ जना आइसीयूमा र ३० जनाको भेन्टीलेटरमा उपचार भइरहेको जनाएको छ ।
साथै संक्रमणबाट थप ६ जनाको मृत्यु भएसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८९९ पुगेको समेत मन्त्रालयले जनाएको छ ।