बिहिबार, बैशाख २०, २०८१

पत्रकार पक्राउ प्रकरणको महासंघद्दारा भत्र्सना

काठमाडौं पुस २१,
नेपाल पत्रकार महासंघले महासंघ काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चार खबर डटकम अनलाइनका सम्पादक मानध्वज लामा र आजको नयाँ संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा पुस २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पत्रकारहरु पन्त र लामालाई दिनभरी नियन्त्रणमा लिएर साँझ छोडेको छ भने विश्वकर्मा अहिले पनि हिरासतमा रहेको उल्ल्ेख गर्दै महासंघ विश्वकर्माको रिहाइको माग गरेको छ ।
त्यस्तै विज्ञप्तिमार्फत महासंघले राज्यको जिम्मेवार निकायबाट नै पत्रकारलाई नियन्त्रणमा लिएर मानसिक पीडा दिने, पेशाप्रति हतोत्साही गर्ने कार्यको महासंघ घोर भत्सना गर्दै घटनाको सत्यतथ्य छानविनगरी दोषिमाथि कडा कारबाहीको माग गर्दै पत्रकार तथा प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारसंग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031