शुक्रबार, बैशाख १४, २०८१

निजी व्यवसायिक फर्मको नवीकरण अवधि आगामी असार मसान्तसम्म थपियो 

काठमाडौं पुस २०  ,

सरकारले गत पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठक मार्फत  प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३औँ संशोधन गर्ने निर्णयगरेसँगै निजी [प्राइभेट] फर्म नवीकरणको अवधि   आगामी असार मसान्तसम्मका लागि थप गरिएकोछ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार यसवीचमा  नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण   गर्न पाउने  र  नविकरण गर्दा  आवश्यक काथजात सहित   नवीकरण गर्दा लाग्ने शुल्कमा रु २० लाख अधिकृत पूँजीभन्दा कम भएका फर्मका लागि वार्षिक रु दुई हजारका दरले र रु २० लाखभन्दा बढी पूँजी भएका फर्मका लागि वार्षिक रु पाँच हजारका दरले थप नवीकरण शुल्क तोकिएको जानकारी दिएको  छ ।

  व्यावसायिक प्रकृतिका प्राइभेट फर्म सञ्चालन गर्नका लागि सरकारले तोकेको निकायमा दर्ता प्रक्रिया सहभागी हुँदै दर्ता भए पश्चात तोकिएको समयावधिभित्र व्यवसायी प्रतिष्ठान  नवीकरण  गर्दै कारोवार गर्नु पर्ने   कानूनी व्यवस्था रहेको छ ।