मङ्लबार, बैशाख ११, २०८१

सीसीएमसी बैठक : जोखिमको अवस्था मुल्याकंन गर्दै बन्द रहेको विद्यालय खुलाउन निर्देशन

काठमाडौ पुस १९,
कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति सीसीएमसी निर्देशक समितिको आज बसेको बैठकले जोखिमको अवस्था मुल्याकंन गर्दै विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई बन्द गराउन सक्ने अधिकार प्रत्यायोजित गर्दै बन्द भएका विद्यालयहरु खुलाउन निर्देशन दिएको छ ।

त्यस्तै बैठकले कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ जोखिमको संभावना बढ्न सक्ने ठकर सहितस्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने सरोकारवाला निकायलाइ निर्देशन समेत दिएको छ ।

बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नया प्रजातिका कोभिड भायरस देखिएका मुलुक बेलायत लगायतका विभिन्न २०/२२ वटा देशबाट आउने यात्रुलाई १० दिन सम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय सहितको प्रस्तव मन्त्रिपरिषदमा लैजाने लगायतका निर्णय गरेको जानकारीदिनुभएको हो ।