शुक्रबार, चैत्र १६, २०८०

प्रचण्ड-नेपाल समूहले गर्यो ओली सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमको घोषणा

पुस ३० गते देशव्यापी वडा कार्यालयमा विरोध सहितको प्रदर्शन, माघ २२ गते देशव्ययापी वडा तहमा मसालल जुलुस र माघ २३ गते राजधानीमा वृहत प्रदर्शन सहितको विरोध सभा

 काठमाडौं पुस १८,
प्रचण्ड – नेपाल समूहले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको कदम विरुद्ध दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित आन्दोलन परिचालन केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

सार्वजनिक आन्दोलनका कार्यक्रम अन्र्तगत वडास्तरमा पार्टी भेला देखि सघर्षका कार्यक्रमको अभिमुखिकरण देखि प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, सरोकारवाला पक्षसँग अन्तक्रिया संगै पुस ३० गते देशव्यापी वडा कार्यालयमा विरोध सहितको प्रदर्शन समेत गर्ने भएको छ । त्यस्तै माघ २२ गते देशव्ययापी वडा तहमा मसालल जुलुस र माघ २३ गते राजधानीमा वृहत प्रदर्शन सहितको विरोध सभाको आयोजना गर्ने भएको छ ।

यस्तो छ आन्दोलनका कार्यक्रमको विस्तृत विवरण :