शुक्रबार, चैत्र १६, २०८०

नेकपा आधिकारिकता प्रकरण:  दावी अनुरुपको लिखित जानकारी पेश गर्न आयोगको पत्राचार

काठमाडौं पुस १८,
सत्तारुढदल नेकपाको विभाजन र आधिकारिताका विवादमा निर्वाचन आयोगले शुक्रबार आगामी ७ दिन भित्र राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिमको लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ । प्रधानमन्त्री समेत रहेका केपी ओली र प्रचण्ड नेपाल समूहले नेकपाको आधिकारिकता दावी गर्दै आयोगमा पत्र दर्ता गराएसंगै सोको पुष्टिका लागि आयोगले लिखित जानकारी माग गरेको हो ।
स्मरण रहोस नेकपाको प्रचण्ड –नेपाल समूहमा रहेका बहुमत केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्दै पार्टीको अध्यक्षबाट हटाएको  रआफुहरुले नेतृत्व गरेको पनेकपा नै मूल पार्टी भएको हुँदा पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग हुनुपर्ने दाबी गरेको छ ।

त्यस्तै अर्कोतर्फ मुलुकको प्रधानमन्त्री समेत रहेका केपी ओलीले आफु पार्टीको अध्यक्ष रहेका जानकारी सहित पार्टीको आधिकारिकता दावी गरेको छ ।