बुधबार, बैशाख १२, २०८१

नेपालमा कुल कोभिड संक्रमित मध्ये २ लाख ५३ हजार भन्दाबढि संक्रमण मुक्त

काठमाडौं पुस १८,

पछिल्लो २४ घण्टामा देशभरका विभिनन प्रयोगशालामा ५ हजार जनाको पीसीआर परिक्षणको क्रममा देशभर थप ४ सय १९ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ भने यसमध्ये २ लाख ५३ हजार ८५७ जना संक्रमित उपचारपछि डिस्चार्व भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ । क्वारेनटिनमा ३६७ जना रहेको जनाउदै संक्रमणबाट थप ६ जनाको मृत्यु भएको र योसंगै नेपालमा संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८७० पुगेको जनाएको छ ।