शनिबार, बैशाख ८, २०८१

सामाजिक संजालको माध्यमबाट १३ लाख ठगी गर्ने उपाध्यायद्दय प्रहरी हिरासतमा

काठमाडौं पुस १८,
सामाजिक संजाल इन्स्टाग्राम र वाट्स्‍एपको प्रयोग गर्द १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका९४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेको जनाउदै प्रहरीले पक्राउ परेका अभियुक्तद्दयले इन्स्टाग्राम र वाट्स्‍एपमा फेक आइडी मार्फत सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल ईन्जिनियर भएको बताउदै आईफोन ११ , ल्यापटप र गोल्ड लगायत बहुमूल्य सामानहरुको बक्स गिफ्ट पठाई दिएको र भन्सार बापत रकम पठाउनु पर्छ भन्दै प्रलोभन देखाई पीडितहरुलाइ ठगेको जाएको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेका अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाउदै ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।