शनिबार, बैशाख ८, २०८१

खुकुरी प्रहार गरी धनमाल लुटपाट गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं पुस १८,
काठमाडौ मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरलाई खुकुरी प्रहार गरी मार्केटबाट कलेक्शन गरेको नगद १ लाख ६६ हजार ९ सय १५ रुपैयाँ र सहकारीका कागजात तथा चेकबुक लुटेर फरार रहेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौ महानगरपालिका९२७ कमलाक्षी हाल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका९२६ नरदेबी वतन भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर,। २७ वर्षीय अमित तुलाधर, नरदेबी घर भएका १८ वर्षीय किशोर र जुम्ला घर भइ हाल बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेको प्रहरीले जनाएको छ ।

उक्त नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफे नजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो पक्राउ परेका अभियुत्तहरुले खुकुरी प्रहार गरी घाईते बनाई, डर धाक धम्की दिई लुटपाट गरी फरार रहेको प्रहरीले जनाएकोछ । त्यस्तै प्रहरीले पक्राउ परेका अभियुक्तहरुबाट महानगरीय अपराध महाशाखाको टालीले नगद २६ हजार ३ सय २५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकल समेत बरामद गरेको जनाएकोछ ।

साथै प्रहरी अनुसन्धानको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरी सो चोरी गरेको मोटरसाइकल तथा स्कुटरको प्रयोग गरी अपराधिक कार्य गर्दै आएको जनाउदै  आवश्यक कारवाहीका लागि ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाईएको महाशाखाले जनाएको छ ।